News Summary
Generated by OK AI. Editorially reviewed.- कुमारी बैंकको गौमुल शाखाले दुर्घटनामा निधन भएका ग्राहकको परिवारलाई बीमा बापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
- बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत उक्त बीमा रकम उपलब्ध गराउँदै शोकाकुल परिवारलाई आर्थिक सहारा प्रदान गरेको हो।
- ग्रामीण क्षेत्रमा वित्तीय पहुँच र सुरक्षा विस्तार गर्ने उद्देश्यले बैंकले विभिन्न बचत योजनामार्फत आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ।
१५ साउन, काठमाडौं । कुमारी बैंकको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता (पीएसबीके) अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।
श्रीमती बनादेवी बोहराका श्रीमानको दुर्घटनामा निधन भएपश्चात परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएसँगै गौमुल शाखाले १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास बैंकले लिएको छ ।
कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनाहरूसँग आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । परिवार सुरक्षा बचत खाता अन्तर्गत प्रदान गरिने बीमा सुविधाले अप्रत्यासित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यअनुरूप सञ्चालन गरिएका यस्ता सुविधाले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहक तथा निजका परिवारलाई आवश्यक समयमा वित्तीय सहयोग प्रदान गर्ने बैंकको भनाइ छ ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हाल देशभर फैलिएका २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम, ४० शाखारहित बैंकिङ बिन्दुहरू मार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया 4