+
+
Shares

सप्तरीको सुरुङ्गा नगरपालिकाद्वारा सर्वपक्षीय बैठक आह्वान

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ साउन १५ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको कप्तानगञ्ज घटनापछि सुरुङ्गा नगरपालिकाले शान्ति र सद्भाव कायम राख्न सर्वदलीय तथा सर्वपक्षीय बैठक आह्वान गरेको छ।
  • नगरपालिकाका कार्यवाहक नगर प्रमुख रुद्र बहादुर कार्कीका अनुसार आज दिउँसो ३ बजे नगरपालिकाको सभाहलमा बैठक आयोजना गरिएको छ।
  • उक्त बैठकले नगरपालिका क्षेत्रमा उत्पन्न हुन सक्ने सम्भावित चुनौतीहरूको पहिचान गर्दै साझा धारणा र भावी रणनीति तय गर्ने भएको छ।

१५ साउन, सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सप्तरीको सुरुङ्गा नगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय बैठक आह्वान गरेको छ ।

नगरपालिकाले देशका विभिन्न स्थानमा हालै विकसित भएका घटनाक्रम तथा त्यसका कारण सिर्जित परिस्थितिका विषयमा स्थानीय तहमा शान्ति, सुरक्षा, आपसी सद्भाव र विकासको वातावरण कायम राख्ने विषयमा गम्भीर छलफल गर्न बैठक बोलाएको जनाएको छ ।

नगरपालिकाका कार्यवाहक नगर प्रमुख रुद्र बहादुर कार्कीका अनुसार सुरुङ्गा नगरपालिका क्षेत्रभित्र उत्पन्न हुन सक्ने सम्भावित चुनौतीहरूको पहिचान गर्दै साझा धारणा निर्माण र भावी रणनीति तय गर्ने उद्देश्यले आज दिउँसो ३ बजे नगरपालिकाको सभाहलमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?