+
+
Shares

हुम्लामा बाढीले बगायो पुल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित तिलजुङ खोलामा बुधबार साँझ आएको बाढीले श्रमदानबाट निर्मित पुल बगाएको छ।
  • बाढीका कारण बस्ती जोखिममा परेपछि स्थानीय बासिन्दाहरू सुरक्षित स्थानका लागि नजिकैको गुम्बामा गएर रात बिताएका छन्।
  • प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न प्रहरी टोली खटाएको र जिल्ला सुरक्षा समितिको बैठक बोलाएको बताए।

१५ साउन, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका- ६ स्थित तिलजुङ खोलाको पुल बाढीले बगाएको छ । श्रमदानबाट निर्माण गरिएको उक्त पुल बुधबार साँझ आएको बाढीले बगाएको हो ।

आकस्मिक आएको लेदो सहितको बाढीले पुल बगाएको स्थानीय दोर्जी लामाले जानकारी दिए।

बाढीका कारण बस्ती जोखिममा परेपछि बुधबार साँझ नै सो क्षेत्रका स्थानीयहरू गुम्बामा गएर बास बसेका थिए ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार बाढीका कारण जोखिममा परेका बस्तीको अवस्थाबारे अवलोकन गर्न सात जना प्रहरीको टोली खटिएको छ ।

जोखिम बस्तीबारे स्थलगत अवलोकनपछि स्थानीयलाई सोही बस्तीमा पुनर्स्थापित गर्ने कि अझै केही दिन अहिले सरेकै स्थानमा सुरक्षित बस्नका लागि समन्वय गर्ने भन्नेबारे निर्णयमा पुग्ने उनले बताए ।

यस विषयमा गाउँपालिकाका अध्यक्षसँग पनि समन्वय भइरहेको उनले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘अहिले बाढी घटेको छ । स्थानीयहरू गुम्बामै सुरक्षित बस्नु भएको छ । अझै एक/दुई दिन गुम्बामै बस्ने कि बस्तीमा पुनर्स्थापित गर्ने भन्नेबारे अनुगमनपछि मात्रै भन्न सकिन्छ ।’

यसैविषयमा छलफल गर्नका लागि आजै जिल्ला सुरक्षा समितिको बैठक डाकिएको प्रजिअ गुरागाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?