+
+
Shares

माइतीघरमा नागरिक अगुवाहरूको सद्‌भाव र्‍याली (तस्वीरहरू)

देशभर द्वन्द्वका घटनाहरू देखिन थालेपछि शुक्रबार शान्ति, सद्भाव र सामाजिक एकताका लागि भन्दै नागरिक अगुवाहरूले र्‍याली निकालेका हुन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ साउन १५ गते १५:०९

१५ साउन, काठमाडौं । काठमाडौंको माइतीघरमण्डलमा नागरिक अपिल तथा ऐक्यबद्धता र्‍याली निकालिएको छ ।

देशभर द्वन्द्वका घटनाहरू देखिन थालेपछि शुक्रबार शान्ति, सद्भाव र सामाजिक एकताका लागि भन्दै नागरिक अगुवाहरूले यो र्‍याली निकालेका हुन् ।

र्‍याली मार्फत तराई–मधेशमा देखिएको अशान्ति रोक्न, धार्मिक तथा साम्प्रदायिक दंगा फैलिनबाट देशलाई जोगाउन सन्देशमूलक नारा सहित सार्वजनिक अपिल गरिएको छ ।

र्‍यालीमा एक नेपाली, साझा जिम्मेवारी, सबैको सम्मान, सबैको सुरक्षा, सबैको नेपाल, विविधतामा एकता, एकतामा शक्ति जस्ता दर्जनौं सद्भावपूर्ण नाराहरू सहितका प्लेकार्ड प्रदर्शन गरिएका छन् ।

र्‍यालीमा विभिन्न क्षेत्रका नागरिक अगुवाहरूको सहभागिता छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?