News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरी घटनाको तनावपछि धनुषामा शान्ति कायम गर्न जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक सुरु भएको छ ।
- बैठकमा सांसद, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, धार्मिक गुरु तथा नागरिक अगुवाहरूको सहभागिता रहेको छ ।
- प्रशासनले यसअघि जारी गरेको कर्फ्यू आज बिहान दुई घण्टाका लागि खुकुलो बनाएको थियो ।
१५ साउन, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा सर्वपक्षीय बैठक सुरु भएको छ ।
सुनसरी घटनालाई लिएर धनुषामा पनि तनाव देखिएपछि उक्त तनाव साम्य पार्नका लागि सर्वपक्षीय बैठक बसेको हो ।
बैठकमा प्रतिनिधिसभा सदस्यीय, मधेशका चारवटै सुरक्षा निकायका प्रमुख, जिल्लाका सुरक्षा प्रमुख, धार्मिक गुरु, हिन्दुवादी तथा मुस्लिम समुदायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा लगायतको सहभागिता छ ।
सुनसरी घटनालाई लिएर भएको प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो साढे ३ बजेदेखि कर्फ्यू लगाएको थियो । प्रशासनले उक्त कर्फ्यु आज बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घण्टाका लागि खुकुलो बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4