+
+
Shares

अर्थ मन्त्रालयको बजेट खर्च प्रगति ७३.२१ प्रतिशत मात्र

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ मन्त्रालय र मातहतका निकायले गत आर्थिक वर्षमा विनियोजित बजेटमध्ये ७३ दशमलव २१ प्रतिशत मात्र खर्च गर्न सकेका छन् ।
  • सरकारको कुल पूँजीगत खर्च अघिल्लो वर्षको तुलनामा १४ दशमलव ७८ प्रतिशतले घटेर ४६ दशमलव ७९ प्रतिशतमा सीमित भएको छ ।
  • मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल आयोजनामा विनियोजनभन्दा बढी खर्च भई कुल ७ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

१५ साउन, काठमाडौं । अर्थ मन्त्रालय र मातहतका निकायले एक वर्षको अवधिमा ७३.२१ प्रतिशत मात्र बजेट खर्च गर्न सकेका छन् ।

मन्त्रालयका अनुसार गत आव २०८२/८३ मा चालु प्रकृतिको खर्च लक्ष्यको ६८.३७ प्रतिशत र पूँजीगत खर्च ८८.३४ प्रतिशत बराबर भएको छ । सो आवमा अर्थ मन्त्रालय र मातहतका निकायको कुल बजेट ३८ अर्ब ९९ करोड ७० लाख थियो ।

यसमध्ये खर्च २८ अर्ब ५५ करोड ८ लाख बराबर भएको छ । गत आवमा चालु प्रकृतिको बजेट २९ अर्ब ५४ करोड विनियोजन गरिएकोमा खर्च २० अर्ब २० करोड बराबर भएको छ ।

पूँजीगत बजेट ९ अर्ब ४५ करोड विनियोजन भएकोमा खर्च ८ अर्ब ३४ करोड बराबर भएको छ । पूँजीगत तर्फ सबैभन्दा धेरै बजेट मिलिनियम च्यालेन्ज एकाउन्ट नेपालमा ७ अर्ब १२ करोड विनियोजन भएको थियो । खर्च भने ७ अर्ब ५३ करोड भएको छ । विनियोजन भन्दा बढी खर्च यस परियोजनामा भएको छ ।

यस वर्ष सरकारको कुल बजेट खर्च १५ खर्ब ८१ अर्ब रुपैयाँ भएको छ । जसमध्ये पूँजीगत खर्च गत आवको यसै अवधिको तुलामा १४.७८ प्रतिशतले घटेको छ । चालु खर्च भने ९.०७ प्रतिशतले बिस्तार भएको छ ।

सरकारले चालु खर्च ११ खर्ब ८० अर्ब विनियोजन गरेकोमा खर्च १० खर्ब ४३ अर्ब बराबर भएको छ । जुन विनियोजनको ८८.३४ प्रतिशत हो । पूँजीगत बजेट ४ खर्ब ७ अर्ब विनियोजन गरिएकोमा खर्च १ खर्ब ९० अर्ब ८७ करोड मात्र भएको छ । जुन ४६.७९ प्रतिशत मात्र हो । वित्तीय व्यवस्थापतर्फ ३ खर्ब ७५ अर्ब विनियोजन गरिएकोमा खर्च ३ खर्ब ४७ अर्ब रुपैयाँ मात्र भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?