News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक सम्राट बस्नेतले नयाँ महिलाप्रधान फिल्म ‘दुर्गा’ निर्देशन गर्ने घोषणा गर्नुभएको छ ।
- फिल्मको कथावस्तु परम्परागत कहावतमा आधारित रहने र पटकथा निश्चल ढुंगानाले लेख्नुभएको छ ।
- काठमाडौं, पोखरा र चितवनमा छायांकन हुने यो फिल्मको काम असोज महिनादेखि सुरु हुनेछ ।
काठमाडौं । निर्देशक सम्राट बस्नेतले आगामी फिल्म ‘दुर्गा’ निर्देशन गर्ने भएका छन् । थिम पोस्टर सार्वजनिक गर्दै उनले महिलाप्रधान फिल्म बनाउने जनाएका हुन् ।
थिम पोस्टरमा भगवती दुर्गाको मन्दिर अगाडि उभिएकी एक युवती छिन् । मन्दिरको ढोका अगाडि उनी एक्लै उभिएकी छन् । मन्दिरको ढोका अगाडि त्रिशूल छ ।
शीर्षकले नै मुख्य पात्र दुर्गा रहेको अनुमान गर्न सकिन्छ । अभिनय गर्ने कलाकारबारे खुलाइएको छैन । चाँडै कास्टिङबारे जानकारी दिइने भएको छ । कथावस्तु परम्परागत कहावतमा आधारित हुने जनाइएको छ ।
कुस्मन्डा र ग्लोबल रिल मोसन पिक्चर्सको ब्यानरमा बन्ने फिल्मको पटकथा निश्चल ढुंगानाले लेखेका छन् । ९० दिनको छायांकन सेड्युल रहेको फिल्मको छायांकन काठमाडौं, पोखरा र चितवनमा असोजदेखि सुरु हुने उल्लेख छ ।
बस्नेत निर्देशित पछिल्लो फिल्म ‘लाखे’ थियो । यो फिल्म हालै युट्युबमा आइसकेको छ ।
प्रतिक्रिया 4