News Summary
Generated by OK AI. Editorially reviewed.- सामाजिक सञ्जालमा साम्प्रदायिक सद्भाव भड्काउने आठ जनालाई प्रहरीले सिरहा र धनुषाबाट पक्राउ गरेको छ।
- सुनसरीको कप्तानगञ्जमा १० साउनमा भएको झडप र गोलीकाण्डमा हालसम्म तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
- प्रहरीले सामाजिक सद्भाव खलल पुर्याउने जोसुकैलाई कानूनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
१५ साउन, काठमाडौं । सामाजिक सञ्जालमा खलल पुर्याउने आठ जनालाई प्रहररीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सिरहाबाट ५ र धनुषाबाट ३ गरी आठ जनालाई पक्राउ गरिएको हो । सामाजिक सद्भाव खलल पुर्याउने तथा साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले बताएको छ ।
१० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच झडप हुँदा चलेको गोलीबाट एक जनाको मृत्यु भएको थियो । त्यसपछि अहिले तराईका अन्य जिल्लामा पनि तनाव भएको छ । अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4