+

‘फुटबलर्स मिसन टुगेदर’ को सीईओमा मधुसुदन

२०८३ साउन  १५ गते १६:५० २०८३ साउन १५ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फुटबलर्स मिसन टुगेदरको बैठकले मधुसुदन उपाध्यायलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।
  • मिशन टुगेदरले आगामी कात्तिक १० गतेदेखि तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।
  • डाफोडिल स्कुलको सहकार्यमा आगामी असोज २० गतेदेखि यू-११ महिला तथा पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।

१५ साउन, काठमाडौं । ‘फुटबलर्स मिसन टुगेदर’ को कार्यसम्पादन समितिको बैठकले मधुसुदन उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृत सीईओमा नियुक्त गरेको छ ।

कार्यसमितिले विभिन्न पदाधिकारीहरुको मनोनयन गर्ने क्रममा अस्मिता मानन्धर र बाल गोपाल महर्जन सहायक महासचिव पदमा नियुक्त भएका छन् भने कार्यसमिति सदस्यहरूमा लुना प्रधान, अनिल अधिकारी, मृगेन्द्र मिश्र, लिला थापा चयन भएका छन् ।

मिशन टुगेदरका महासचिव धीरेन्द्र प्रधानले नेपाली फुटबलको विकास, उमेर समूहका खेलाडी प्रोत्साहन, भेट्रान्स प्रतियोगिता सञ्चालन तथा संस्थागत पुनर्संरचना सम्बन्धी थप निर्णयहरु गरिएको बताए ।

जस अनुसार आगामी कात्तिक १० गतेदेखि ‘तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता’ को आयोजना गर्ने निर्णय गरेको छ। देशभरीको भेट्रान्सहरुले भाग लिने उक्त प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैंया प्राप्त गर्नेछन् ।

त्यस्तै मिशन टुगेदरले यू-११ महिला तथा पुरुष फुटबल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ ।

तल्लो तहदेखि नै फुटबल खेलप्रतिको रुचि र प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ डाफोडिल स्कुल सँगको सहकार्यमा उक्त प्रतियोगिता आगामी असोज २० गते देखि हुनेछ ।

फुटबलर्स मिसन टुगेदर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय