News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा हुने २०औं एसियाली खेलकुदका लागि नेपाली स्केटिङ खेलाडी गजेन्द्र बर्देवा र शरदकुमार राई शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएका छन् ।
- खेलाडीहरूले असोज ३ गतेदेखि सुरु हुने एसियाडको तयारीका लागि बैंककस्थित हुआ मक स्केट पार्कमा एक महिनासम्म प्रशिक्षण गर्नेछन् ।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले खेलाडीलाई बिदाइ गर्दै सहभागी खेलाडीहरूको एक वर्षको बीमा गरिने प्रतिबद्धता जनाए ।
१४ साउन, काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाडीले थाइल्यान्डको बैंककमा तयारी प्रशिक्षण गर्ने भएका छन् ।
एसियाडमा भाग लिने २ पुरुष खेलाडी गजेन्द्र बर्देवा र शरदकुमार राई शुक्रबार बैंकक प्रस्थान गर्ने नेपाल स्केटिङ एण्ड स्केट बोर्डिङ संघले जनाएको छ ।
असोज ३ गतेदेखि जापानको आइची नागोयामा सुरु हुने २०औं एसियाडमा दुवै खेलाडीले स्ट्रिट विधामा प्रतिस्पर्धा गर्नेछन् ।

उनीहरुले करिब १ महिना बैंककस्थित हुआ मक स्केट पार्कमा प्रशिक्षण गर्ने नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले जनाएका छन् । महासचिव थापाले एकमहिने प्रशिक्षणपछि खेलाडीले त्यही प्रशिक्षणलाई निरन्तरता दिने वा नेपाल फर्कने अहिले टुंगो नलागेको बताए । बैंककमै प्रशिक्षणलाई निरन्तरता दिने विषयमा पनि कुरा भइरहेको उनले बताए ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिदाइ गर्दै खेलाडीलाई उच्च मनोबलका साथ एसियाडमा प्रतिस्पर्धा गर्ने सुझाए ।
उनले एसियाडमा सहभागी हुने खेलाडीको १ वर्षको विमा गरिने बताउदै खेलाडीलाई अधित्तम सुविधा दिने विषयमा पनि प्रयासरत रहेको बताए ।
प्रतिक्रिया 4