+
+
Shares

पञ्चकन्या सीपीभीसी पाइप र एसएस ट्यांकीले पाए भारतमा ‘ग्रिन प्रो’ मानक

वातावरण तथा दिगो विकास क्षेत्रका काम गर्ने भारतको कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीसीआई) बाट पञ्चकन्याका यी दुई उत्पादनले ग्रिन प्रो मानक प्राप्त गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पञ्चकन्या समूहका सीपीभीसी पाइप र स्टेनलेस स्टिल ट्यांकीले भारतको कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीबाट ग्रिन प्रो मानक प्राप्त गरेका छन् ।
  • भारतको पुणेमा आयोजित सीसीआई ग्रिन प्रो २०२६ मा पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले उक्त मानक ग्रहण गरे ।
  • वातावरणीय प्रभाव, दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरणका मापदण्ड पूरा गरेपछि पञ्चकन्याले यो अन्तर्राष्ट्रिय स्तरको मानक पाएको हो ।

१५ साउन, बुटवल । पञ्चकन्या समूहले उत्पादन गर्ने सीपीभीसी पाइप र स्टेनलेस स्टिल (एसएस) ट्यांकीले भारतमा ‘ग्रिन प्रो’ मानक प्राप्त गरेका छन् ।

वातावरण तथा दिगो विकास क्षेत्रका काम गर्ने भारतको कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीसीआई) बाट पञ्चकन्याका यी दुई उत्पादनले ग्रिन प्रो मानक प्राप्त गरेका हुन् ।

भारतको पुुणेमा भएको नवौं संस्करणको ‘सीसीआई ग्रिन प्रो २०२६’ मा पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले पञ्चकन्या प्लास्ट प्रालि र पञ्चकन्या एसएस प्रालिले प्राप्त गरेको ग्रिन प्रो मानक ग्रहण गरेका हुन् ।

ग्रिन प्रो मानक कुनै पनि वस्तुको उत्पादन चक्र, वातावरणीय प्रभाव, दिगो विकास तथा नवीकरणीय उर्जा प्रविधि, कार्बन उत्सर्जन न्यूनीकरण एवं औद्योगिक सुुरक्षा लगायत क्षेत्रका मापदण्ड मूल्यांकन पश्चात मात्रै प्रदान गर्ने गरिन्छ ।

पञ्चकन्या समूहले उत्पादन गर्ने सीपीभीसी पाइप र स्टेनलेस स्टिल ट्यांकीले यी सबै मापदण्ड पुूरा गरेपछि मात्रै सीसीआईबाट अन्तर्राष्ट्रिय स्तरको मानक प्राप्त गरेका हुन् ।

पञ्चकन्या समूह अन्तर्गतकै पञ्चकन्या स्टिल प्रालिले उत्पादन गर्ने फलामे छडले नेपालकै पहिलो ग्रिन प्रो मानक एक वर्ष पहिले नै प्राप्त गरिसकेको छ ।

पञ्चकन्या समूहले उद्योग स्थापनदेखि नै गुणस्तरीय उत्पादनसगै वातावरण संरक्षण र दिगो विकास उच्च प्राथमिकतामा राख्दै नवीनतम सोचसहित उत्पादन प्रक्रिया अगाडि बढाइरहेको समूहका कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठले बताए ।

समूहले एक दशक अगाडिदेखि नेपालमा पहिलो पटक स्टेनलेस स्टिल ट्यांकी र सीपीभीसी पाइपको उत्पादन सुरु गरेको थियो । हाल समूहले काठमाडौं र रुपन्देही कोटिहवामा रहेका उद्योगबाट १२५ लिटरदेखि १० हजार लिटरसम्मका स्टेनलेस स्टिल ट्यांकी उत्पादन गरिरहेको र ८ वर्षदेखि भारतका विभिन्न सहरमा समेत निर्यात गरिरहेको श्रेष्ठले बताए ।

उद्योगले २०६३ सालमा नेपालमै पहिलो पटक जापानी कच्चापदार्थ प्रयोग गरी सीपीभीसी पाइप उत्पादन सुरु गरेको थियो । हाल उद्योगले १५ देखि १ सय एमएमका पाइप उत्पादन गरिरहेको छ । सीपीभीसी पाइपको नेपाल गुुणस्तर चिह्न प्राप्त गर्ने पहिलो उद्योग समेत पञ्चकन्या समूह नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?