+
+
Shares

तराईका हिंसात्मक घटनामा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १६:२५

१५ साउन, काठमाडौं । तराईका विभिन्न जिल्लामा भएका हिंसात्मक घटनापछि बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बालअधिकार सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । बालबालिकाको सुरक्षा र संरक्षणप्रति चिन्ता व्यक्त गर्दै सरकार, राजनीतिक दल र सरोकारवालालाई आग्रह गरिएको हो ।

सिजपले बिहीबार विज्ञप्ति जारी गर्दै सिराहामा भएको झडपका क्रममा एक किशोरको गोली लागेर मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

हिंसात्मक घटनामा बालबालिका अग्रपंक्तिमा देखिनु चिन्ताजनक विषय भएको विज्ञप्तिमा भनिएको छ । कर्फ्यू तथा निषेधाज्ञाको समयमा बालबालिकालाई घरभित्रै सुरक्षित राख्न र विशेष सतर्कता अपनाउन अभिभावकलाई आग्रह गरिएको छ ।

बालबालिकालाई हिंसा, द्वन्द्व तथा राजनीतिक गतिविधिको प्रयोगबाट टाढा राख्न तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग पनि गरिएको छ ।

यस्तै, हिंसाबाट प्रभावित बालबालिका र उनीहरूका परिवारलाई मनोसामाजिक परामर्श, आवश्यक संरक्षण तथा अन्य सहयोग उपलब्ध गराउन पनि अभियानले आग्रह गरेको छ ।

अभियानका अध्यक्ष तिलोत्तम पौडेलले विद्यालय, सार्वजनिक स्थान र समुदायलाई बालबालिकाका लागि सुरक्षित तथा शान्तिक्षेत्रका रूपमा कायम राख्नु सबै पक्षको साझा जिम्मेवारी भएको बताएका छन् । उनले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी संयम, संवाद र शान्तिपूर्ण उपाय अवलम्बन गर्न सबै पक्षसँग आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?