+
+
Shares

बाराको कलैयामा निकालियो सद्भाव र्‍याली

सुनील गाउँले सुनील गाउँले
२०८३ साउन १६ गते ११:३२

१६ साउन, बारा । जिल्ला प्रशासन कार्यालय बाराले जिल्ला सदरमुकाम कलैयामा सद्भाव र्‍याली निकालेको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको आह्वानमा शनिबार जिल्ला प्रशासन कार्यालयबाट निकालिएको सद्भाव र्‍यालीले कलैया बजार परिक्रमा गरेको थियो ।

बाराका प्रतिनिधि सभा सदस्यहरू, प्रदेश सभाका सदस्यहरु, विभिन्न पालिकाका प्रमूख तथा प्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू तथा सरकारी कार्यालयका प्रमुखहरू सद्भाव र्‍यालीमा सहभागी थिए ।

बारा क्षेत्रनम्बर-२ का प्रतिनिधि सभा सदस्य एवं रास्वपा नेता चन्दन सिंहले कलैयामा आयोजना भएको सद्भाव र्‍यालीमा सबै समुदायको उल्लेख्य उपस्थिती रहेको जानकारी दिए । ‘मधेशका अन्य जिल्लाको प्रभाव बारामा पर्न नदिन हामीले व्यक्तिगत तथा संस्थागत रुपमा काम गरिरहेका छौं, आजको सद्भाव र्‍यालीले थप सकारात्मक सन्देश दिएको छ’, सिंहले भने ।

सद्भाव र्‍यालीमा हिन्दू, मुस्लिम तथा अन्य धर्मका स्थानीय अगुवाहरुको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?