News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेला आयोजना गर्न पाँच सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
- डा. शशांक कोइरालाको संयोजकत्वमा गठित उक्त समितिले भेला व्यवस्थापनका लागि १६ वटा विभिन्न उपसमितिहरू पनि निर्माण गरेको छ ।
- कोइरालाले पत्रकार सम्मेलनमार्फत भेलाको तयारी र आयोजक समितिबारे जानकारी गराउनुभएको छ ।
१६ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको घोषणा गरेको छ ।
शनिबार एक पत्रकार सम्मेलन आयोजना गर्दै डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको जानकारी गराइएको छ ।
त्यस्तै, मूल आयोजक समितिसहित १६ वटा विभिन्न समिति पनि बनाइएको प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए । इतर पक्षले काठमाडौंमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला हुने जानकारी यसअघि नै गराएको थियो ।
सोही अनुरुप आज आयोजक समिति घोषणा गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4