+
+
Shares

धनकुटामा ८ सय ४ किलो गाँजा बरामद, दुई जना पक्राउ

ईश्वर थापा ईश्वर थापा
२०८३ साउन १६ गते १८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको चौबिसे गाउँपालिका–४ मा रहेको खाली घरबाट प्रहरीले ८ सय ४ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।
  • गोप्य सूचनाका आधारमा एसपी नारायण रञ्जितकारको नेतृत्वमा खटिएको प्रहरी टोलीले प्लास्टिकका ४८ बोरामा लुकाएर राखिएको अवस्थामा सो गाँजा फेला पारेको हो ।
  • घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय हरिप्रसाद ओझा र आशिष विश्वकर्मालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।

१६ साउन, धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित जनता आवासका लागि निर्माण गरिएको खाली घरबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शनिबार दिउँसो उक्त खाली घरमा अवैध रूपमा गाँजा सञ्चय गरिएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारको नेतृत्वमा खटिएको टोलीले खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा प्लास्टिकका ४८ वटा बोरामा राखिएको जम्मा ८ सय ४ किलोग्राम लागूऔषध गाँजा फेला परेको प्रहरी उपरीक्षक रञ्जितकारले जानकारी दिए । बरामद गरिएको गाँजा प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छथर जोरपाटी गाउँपालिका–४ घर भई हाल चौबिसे गाउँपालिका–४ मा होटल सञ्चालन गर्दै आएका ४० वर्षीय हरिप्रसाद ओझा र चौबिसे गाउँपालिका–४ निवासी ३४ वर्षीय आशिष विश्वकर्मालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?