+
+
Shares

सप्तरीको बोदेबरसाईन नगरपालिकाले बोलायो सर्वपक्षीय बैठक

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ साउन १६ गते २०:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको बोदेबरसाईन बजार क्षेत्रमा उत्पन्न साम्प्रदायिक तनावका कारण प्रशासनले गत बिहीबार रातिदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
  • नगरप्रमुख आतेश कुमार सिंहले स्थानीय शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले आइतबार सर्वदलीय तथा सर्वपक्षीय बैठक आह्वान गर्नुभएको छ ।
  • नगरपालिकाले जारी असहज परिस्थितिलाई ध्यानमा राख्दै सबै पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

१६ साउन, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकाले स्थानीय शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सरोकारवालासँग सर्वदलीय तथा सर्वपक्षीय बैठक आह्वान गरेको छ ।

नगरपालिकाको बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी रहेको छ ।

नगरपालिकाका अनुसार देशका विभिन्न क्षेत्रमा हालै विकसित भएका घटनाक्रम, सामाजिक विखण्डनका प्रयास तथा त्यसबाट सिर्जित असहज परिस्थितिको प्रभाव बोदेबरसाईन क्षेत्रमा समेत देखिन थालेकाले स्थानीय स्तरमा शान्ति, सुरक्षा, आपसी सद्भाव र सहज वातावरण कायम राख्न गम्भीर छलफल आवश्यक भएको जनाएको छ ।

नगरप्रमुख आतेश कुमार सिंहले नगर क्षेत्रभित्र उत्पन्न हुन सक्ने सम्भावित चुनौतीहरूको पहिचान गर्दै साझा धारणा निर्माण गर्ने, सामाजिक विखण्डनका प्रयासलाई निरुत्साहित गर्ने तथा शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले आइतबार बिहान ८ बजे नगर सभाहलमा सर्वदलीय तथा सर्वपक्षीय बैठक बोलाइएको जानकारी दिए ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिका कारण गत बिहीबार बोदेबरसाईन बजारमा भएको प्रदर्शन साम्प्रदायिक तनावतर्फ उन्मुख हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले सोही दिन राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।

यसैबीच नगरपालिकाले सबै पक्षलाई संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न र शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?