+
+
Shares

गोठाटार आगलागीमा १४ पसल जले, थप विवरण आउन बाँकी

आगलागीमा फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवयर, किराना, स्टेशनरी, मिठाइलगायतका पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते ७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोठाटारको पहेलोपुल नजिक विद्युत् सर्ट भएर भएको आगलागीबाट १४ वटा पसल जलेर पूर्णरूपमा क्षति भएका छन् ।
  • शनिबार राति ९ बजे सुरु भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा दुई घण्टापछि पूर्णरूपमा नियन्त्रणमा आएको छ ।
  • आगलागी निभाउने क्रममा घाइते भएका नरेश थापालाई प्रारम्भिक उपचारपश्चात थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।

१७ साउन, काठमाडौं । गोठाटारमा भएको आगलागीमा विभिन्न १४ वटा पसलहरु जलेका छन् ।

शनिबार राति सवा ९ बजे सुरु भएको आगलागीमा फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवयर, किराना, स्टेशनरी, मिठाइलगायतका पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोठाटारको पहेलोपुल नजिक रवीन्द्र भट्टराईले संचालन गरेको काठको गोदाम र सटरमा करेन्ट सर्ट भई आगलागी सुरु भएको थियो ।

आगलागी राति ११ बजे सशस्त्र र प्रहरी टोलीले स्थानीयको सहयोगमा ९ वटा दमकल, ३ वटा पानी ट्याङ्कीको प्रयोग गरेर नियन्त्रणमा लिएको थियो ।

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका – ९ का ३७ को नरेश थापा लडेर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई नगर अस्पताल मुलपानीमा सामान्य उपचारपश्चात थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।

आगलागीमा क्षति भएका पसलहरु  

१.ओम काष्ठ मिल उद्धोग

२.रिकन्डिसन एण्ड हेल्मेट पसल

३.बासु फर्निचर पसल

४.घिसिङ अटो रिकन्डिसन

५.रङ पसल

 ६.प्रेम गौतम रिकन्डिसन

७.मोबाईल पसल

 ८.हार्डवयर पसल

९.मिठाई पसल

१०.चिया पसल

 ११.हिमेस गौतमको फर्निचर पसर

 १२.चटपटे एण्ड किराना पसल

१३.कस्मेटिक पसल

१४.स्टेशनरी पसल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?