+
+
Shares
कविता :

जंगे पिलर

राकेश कुमार झा ‘रसिक’ राकेश कुमार झा ‘रसिक’
२०८३ साउन १७ गते १२:२१

ठिङ्ग उभिएर सिमानामा,
देशको स्वभिमान बोकेर ।
वीर पुर्खाको पसिनाले,
इतिहासको गाथा कोरेर ।

आँधी आओस् वा तुफान ,
कहिल्यै झुकेन शिर ।
हाम्रो सार्वभौमिकताको प्रतीक,
त्यो जंगे पिलर ।।

मेचीदेखि महाकालीसम्म,
माटोको सुवास बोकेर ।
नेपाली वीरताको गाथा ,
सारा संसारलाइ सुनाएर ।
सयौं वर्षदेखि सिमानामा,
पहरा दिइरहेका छ अटल ।
सीमा रक्षाको अविछिन्न साक्षी,
हाम्रो राष्ट्रियताको बल ।

बाढी आओस् वा पहिरो ,
कहिल्यै झुकेन शिर ।
हाम्रो स्वाधीनताको विरासत,
त्यो जंगे पिलर ।
पुर्खाले सुम्पेको नासो,
त्यो जंगे पिलर ।।

समयको काल खण्डमा,
कति पिलर मेटिए होलान् ।
समयको काल खण्डमा,
कति पिलर हराए होलान् ।
समयको काल खण्डमा,
कति पिलर भाँचिए होलान् ।

तर हामी नेपालीहरूको मनमा
अझैं पनि गाडिएकै छ ।
हाम्रो अखण्डताको धरोहर ,
त्यो जंगे पिलर ।।

लेखक
राकेश कुमार झा ‘रसिक’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?