+
+
Shares

खोलामा नुहाउन पसेका बालकको डुबेर मृत्यु

कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १७:१०
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको गौरीगंगा नगरपालिका–८ मा खोलामा नुहाउने क्रममा १२ वर्षीय सलिम धामीको डुबेर मृत्यु भएको छ ।
  • स्थानीय मेडिकलमा उपचारका क्रममा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरासिंह महराले जानकारी दिनुभयो ।
  • घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

१७ साउन, धनगढी । कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका–८, लिक्मास्थित साथीहरूसँगै खोलामा नुहाउन गएका बेला स्थानीय गणेशबहादुर धामीका १२ वर्षीय छोरा सलिम धामी डुबेका थिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरासिंह महराका अनुसार खबर पाउनेबित्तिकै खटिएको प्रहरी टोलीले उनको उद्धार गरी उपचारका लागि स्थानीय मेडिकल पुर्‍याएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको डीएसपी महराले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?