+
+
Shares

स्याङ्जामा झाडीमा फेला पर्‍यो भरुवा बन्दुक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाको बिरुवा गाउँपालिका-५ मा शनिबार बिहान बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक फेला परेको छ।
  • जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले बन्दुक बरामद भएको पुष्टि गरे।
  • बन्दुक कसले र किन लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१७ साउन, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकामा बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

शनिबार बिहान बिरुवा गाउँपालिका–५ तल्लो सिखरस्थित सडकदेखि करिब पाँच मिटर तल झाडीमा एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

उनका अनुसार झाडीभित्र बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक फेला परेको हो ।

उक्त बन्दुक कसले र किन त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?