+
भलिबल नेसन्स लिग :

पोल्यान्डले जित्यो भलिबल नेसन्स लिगको उपाधि

२०८३ साउन  १७ गते २१:४० २०८३ साउन १७ गते २१:४०

पोल्यान्डले सन् २०२३ मा घरेलु मेदानमै भएको पाँचौ संस्करणको भिएनएलमा अमेरिकालाई फाइनलमा हराएर पहिलो पटक उपाधि जितेको थियो भने गत वर्ष चीनमै भएको सातौं संस्करणमा इटालीलाई हराएर दोस्रो पटक च्याम्पियन बनेको थियो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साविक विजेता पोल्यान्डले अमेरिकालाई ३-२ को सेटमा पराजित गर्दै भलिबल नेसन्स लिग २०२६ को उपाधि जितेको छ ।
  • पोल्यान्ड भलिबल नेसन्स लिगको इतिहासमा तीन पटक उपाधि जित्ने पहिलो राष्ट्र बनेको छ ।
  • तेस्रो स्थानका लागि भएको खेलमा स्लोभेनियाले जापानलाई ३-२ को सेटमा पराजित गर्दै कास्य पदक प्राप्त गरेको छ ।

१७ साउन, काठमाडौं । साविक विजेता पोल्यान्डले अमेरिकालाई पाँच सेटको थ्रिलरमा ३-२ ले पराजित गर्दै भलिबल नेसन्स लिग (भिएनएल) २०२६ को उपाधि जितेको छ ।

चीनको निङ्गबोमा आइतबार भएको फाइनलमा पोल्यान्डले २-१ ले पछि परेको स्थितीमा अन्तिम दुई सेट लगातार आफ्नो पक्षमा पार्दै च्याम्पियन बनेको हो ।

फाइनलमा पोल्यान्डले अमेरिकालाई २५-२१, २३-२५, २५-२७, २५-२३, १५-१० ले पराजित गरेको हो ।

सन् २०१९ देखि सुरु भएको भिएनएलमा पोल्यान्ड तीन पटक उपाधि जित्ने पहिलो टिम समेत बनेको छ । च्याम्पियन पोल्यान्डका टोमस फोर्नाल मोस्ट भ्यालुएबल प्लेअर घोषित भएका छन् ।

पोल्यान्डले सन् २०२३ मा घरेलु मेदानमै भएको पाँचौ संस्करणको भिएनएलमा अमेरिकालाई फाइनलमा हराएर पहिलो पटक उपाधि जितेको थियो भने गत वर्ष चीनमै भएको सातौं संस्करणमा इटालीलाई हराएर दोस्रो पटक च्याम्पियन बनेको थियो ।

सन् २०२१ मा पहिलो पटक फाइनल पुग्दा भने पोल्यान्ड उपविजेता बनेको थियो ।

अमेरिकाले भने अहिलेसम्म चार पटक फाइनल खेलेपनि उपाधि जित्न सकेको छैन ।

पोल्यान्ड बाहेक रसिया र फ्रान्सले २-२ पटक भिएनल उपाधि जितेको छ भने ब्राजिल एक पटक च्याम्पियन बनेको छ ।

यस्तै तेस्रो स्थानको लागि भएको खेल पनि पाँचौ सेटमा पुग्दा स्लोभेनियाले जापानलाई ३-२ ले पराजित गरेको छ । जापानलाई २५-२१, २६-२८, २५-२२, २५-२२ ले पराजित गर्दै स्लोभेनिया तेस्रो भएको हो ।

प्रारम्भिक चरणमा लगातार १२ खेल जितेको जापान भने चीनलाई हराउँदै सेमिफाइनल पुगेको थियो । तर अमेरिकासँग पराजित भएपनि फाइनल पुग्न असफल जापान तेस्रो स्थानको लागि भएको खेलमा पनि सफल हुन सकेन ।

PHOTO: VOLLEYBALL WORLD

पोल्यान्ड भलिबल नेसन्स लिग भिएलएल २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय