१८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आमन्त्रित केन्द्रीय सदस्यमा खगेन्द्र जिसीलाई मनोनीत गरेका छन् ।
नवलपुर घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका जिसीलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो । जिसी सोसलिष्ट इन्टरनेशनलका उपाध्यक्ष समेत हुन् ।
आफूलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेर पार्टीले गैरआवासीय नेपालीको शिर उच्च भएको महसुस गरेको जिसीले बताएका छन् । आमन्त्रित केन्द्रीय सदस्य बनेपछि जिसीले भनेका छन्,‘नेपाली काग्रेस गैर आवासीय नेपालीको आवाज मात्र होइन, उनीहरूको साथमा छ । र, उनिहरूको आवाजलाइ संस्थागत गर्न कटिबद्ध छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4