+
+
Shares

संस्थापन इतरले गर्न लागेको राष्ट्रिय भेलाको मूल आयोजक समितिमा नाम राखिएको भन्दै आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापनइतर पक्षले गठन गरेको राष्ट्रिय भेलाको मूल आयोजक समितिमा आफ्नो नाम राखिएकोमा अध्यक्ष माधवप्रसाद चम्लागाईंले गम्भीर आपत्ति जनाउनुभएको छ ।
  • अध्यक्ष चम्लागाईंले पार्टीको वैधानिक संरचनालाई कमजोर बनाउने तथा विभाजनकारी गतिविधिमा आफू संलग्न नहुने स्पष्ट पार्दै आइतबार एक विज्ञप्ति जारी गर्नुभएको छ ।
  • पार्टीभित्रका असन्तुष्टि विधान र संगठनात्मक प्रक्रियाबाटै समाधान खोजिनुपर्ने बताउँदै उहाँले अवैधानिक भेलाबाट पार्टीलाई कमजोर पार्ने काम नगर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

१७ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरले राष्ट्रिय भेलाको मूल आयोजक समितिमा आफ्नो नाम राखेपछि राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले आपत्ति जनाएका छन् ।

संस्थापनइतरले शनिबार पत्रकार सम्मेलन गरेर पूर्व महामन्त्री डा.शशांक कोइरालको नेतृत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको जानकारी गराएको थियो । उक्त समितिमा नाम समावेश गरिएको भन्दै पार्टीको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष चम्लागाई आपत्ति जनाएका हुन् ।

आइतबार विज्ञप्ति निकालेर अध्यक्ष चम्लागाईंले पार्टीको वैधानिक संरचनालाई कमजोर बनाउने तथा विभाजनकारी गतिविधिमा आफू सहभागी नहुने बताएका छन् । पार्टीभित्रका असन्तुष्टिहरूको समाधान विधान, विधि र संगठनात्मक प्रक्रिया भित्रै खोजिनु पर्ने चम्लागाईंको धारणा छ ।

कांग्रेसको वैधानिक नेतृत्व र संस्थागत संरचनाको विकल्प कुनै पनि समानान्तर वा अवैधानिक भेला हुन नसक्ने उनले विज्ञप्तिमा लेखेका छन् । पार्टीलाई कमजोर बनाउने गतिविधिबाट टाढा रहन चम्लागाईंले कार्यकर्तालाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?