+
+
Shares

वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नर्सिङ क्षेत्रका सुधार र १५ बुँदे माग राखी आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका छन् ।
  • नर्स ज्योति रानाभाटले सुरु गर्नुभएको आमरण अनशनको आज पाँचौ दिन पुगेको छ ।
  • आन्दोलनरत नर्सहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चितता र श्रमशोषणको अन्त्य हुनुपर्ने माग राख्दै प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

१८ साउन, काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् ।

उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा जोखिम, नर्सिङ सुधारको स्पष्ट रोड म्याप, नर्स बचाऔं स्वास्थ्य बचाऔं लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?