News Summary
Generated by OK AI. Editorially reviewed.- राहदानी ऐन अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।
- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
- वि.सं. २०६८ सालको कसुरमा उनीविरुद्ध २०८२ चैतमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
१८ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो पक्राउ गरेको हो ।
कागेश्वरी मनहरा नगरपालिकाबाट उनलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।
उनलाई राहदानी ऐन अन्तर्गतको कसुरमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
०६८ सालमा उनले उक्त ऐनअन्तर्गत कसुर गरेको फेला परेसँग उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध ०८२ चैतमा मात्रै मुद्दा दर्ता भएको थियो । पक्राउ परेका भट्टराईलाई अदालतमा बुझाउने तयारी प्रहरीले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4