+
+
Shares

सुकुमवासीलाई रोजगारमुखी बनाउन मन्त्रालयको पहल, सिपमूलक तालिम सञ्चालन गरिने

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई रोजगारीका अवसर उपलब्ध गराउने उद्देश्यसहित आवश्यक तालिम सञ्चालन गरी रोजगारमा जोड्ने प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १५:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम मन्त्रालयले होल्डिङ सेन्टरमा आश्रित १२५ सुकुमवासीलाई सिपमूलक तालिम दिई रोजगारीसँग जोड्ने निर्णय गरेको छ।
  • मन्त्री रामजी यादवको अध्यक्षतामा बसेको बैठकले सरसफाइ, ड्राइभिङ, पेन्टिङलगायतका क्षेत्रमा तालिम सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको हो।
  • मन्त्री यादवले सम्बन्धित निकायलाई सुकुमवासीको रोजगारीलाई उच्च प्राथमिकतामा राखी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए।

१८ साउन, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सिपमूलक तालिम प्रदान गरी रोजगारीसँग आबद्ध गराउने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई रोजगारीका अवसर उपलब्ध गराउने उद्देश्यसहित आवश्यक तालिम सञ्चालन गरी रोजगारमा जोड्ने प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा भक्तपुरका खरिपाटी, बोडे र चाँगुनारायण, काठमाडौंको रानीवन तथा काभ्रेपलाञ्चोकको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका १२५ जना सुकुमवासीमाथि गरिएको रोजगारी तथा तालिम आवश्यकता मूल्यांकनको नतिजामाथि छलफल गरिएको थियो ।

मूल्यांकनका क्रममा सरसफाइ, माली, साना व्यवसाय सञ्चालन, सुरक्षा गार्ड, हाउसकिपिङ, ड्राइभिङ, पेन्टिङलगायतका क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिहरूको पहिचान भएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

उनीहरूलाई उपयुक्त रोजगारीका अवसरसँग आबद्ध गराउन पूर्वाधार विकास मन्त्रालय, सडक विभाग तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समन्वय गरी तालिम प्रदायक संस्थामार्फत आवश्यक सिपमूलक तालिम सञ्चालन गर्ने र रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढाइने निर्णय बैठकले गरेको छ ।

बैठकमा मन्त्री यादवले सुकुमवासीलाई रोजगारी उपलब्ध गराउने विषयलाई सबै सम्बन्धित निकायले उच्च प्राथमिकतामा राखी प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?