News Summary
Generated by OK AI. Editorially reviewed.- इस्लिङ्टन कलेजका २९ जना विद्यार्थीले नेपालमै बसेर अमेरिका, अस्ट्रेलिया र युकेका कम्पनीहरूसँग व्यावसायिक काम गरिरहेका छन्।
- कलेजले आफ्नो 'रकिङ द वर्ल्ड फ्रम नेपाल' अभियानअन्तर्गत विद्यार्थीलाई अध्ययनकै क्रममा अन्तर्राष्ट्रिय कार्य अनुभव प्रदान गर्दै आएको छ।
- कलेजका अध्यक्ष सुलभ बुढाथोकीले विद्यार्थीले डिग्री पूरा गर्न वा विदेश जान पर्खिनु नपर्ने गरी करियरको सुरुवात गरिरहेको बताए।
१८ साउन, काठमाडौं । अध्ययनकै क्रममा अन्तर्राष्ट्रिय कम्पनीसँग व्यावसायिक रूपमा काम गर्ने अवसर सिर्जना गर्दै आएको इस्लिङ्टन कलेजका २९ विद्यार्थी अहिले अमेरिका, अस्ट्रेलिया र युकेका कम्पनीसँग प्रत्यक्ष रूपमा काम गरिरहेका छन्।
कलेजले यसलाई आफ्नो ‘रकिङ द वर्ल्ड फ्रम नेपाल’ अभियानको व्यवहारिक सफलताका रूपमा प्रस्तुत गरेको छ।
कलेजका अनुसार ‘रकिङ द वर्ल्ड फ्रम नेपाल’ कुनै प्रचारात्मक नारा मात्र नभई विद्यार्थीलाई नेपालमै बसेर विश्वस्तरीय प्रतिस्पर्धाका लागि सक्षम बनाउने शैक्षिक दृष्टिकोण हो। यही उद्देश्यअनुसार उद्योगसँगको सहकार्यलाई पाठ्यक्रमकै हिस्सा बनाइएको छ, जसबाट विद्यार्थीले अध्ययनकै क्रममा अन्तर्राष्ट्रिय स्तरको तालिम लिएर विश्वव्यापी व्यावसायिक टिमसँग काम गर्ने अवसर पाउने गरेका छन्।
कलेजले डिग्री पूरा नभईकनै विद्यार्थीलाई वास्तविक परियोजनामा सहभागी गराउँदै अन्तर्राष्ट्रिय अनुभव दिलाउने अभ्यासलाई निरन्तरता दिएको जनाएको छ। हाल अमेरिका, अस्ट्रेलिया र युकेका कम्पनीसँग काम गरिरहेका २९ विद्यार्थी त्यसैको उदाहरण भएको कलेजको भनाइ छ।
कलेजका अध्यक्ष सुलभ बुढाथोकीले विद्यार्थीले डिग्री पूरा गर्ने वा करियर सुरु गर्ने भन्ने द्विविधामा बस्नुपर्ने अवस्था नरहेको बताए। उनका अनुसार विद्यार्थीले अध्ययन र करियर दुवैलाई एकैसाथ अघि बढाइरहेका छन्।
विश्वभरका प्रतिभाको खोजी, तालिम र प्रमाणीकरण गर्दै उनीहरूलाई विशेषज्ञ व्यावसायिक टिमहरूसँग जोड्ने पेक्सस टेकले सफ्टवेयर डेभलपमेन्ट, डिजाइन, मार्केटिङ र सञ्चालनलगायतका क्षेत्रमा व्यवस्थित सहयोग, स्ट्यान्डबाई स्रोत तथा एसएलए आधारित सेवा प्रदान गर्दै आएको छ।
कलेजले यी विद्यार्थीलाई आफ्नो पहिलो ‘एआई–नेटिभ ट्यालेन्ट’ समूहका रूपमा चिनाएको छ। उनीहरूले आफ्नो विषयगत ज्ञानसँगै एआई–सक्षम विश्वव्यापी कार्यपरिवेशमा काम गर्ने सिपसमेत विकास गरेको कलेजको भनाइ छ।
कलेजका साझेदार संस्था ग्लोबल टिम्स एआई सँगको सहकार्यमा विद्यार्थीले अमेरिका, अस्ट्रेलिया र युकेका परियोजनामा काम गरिरहेका छन्। कलेजका अनुसार यो उपलब्धिले सही तालिम, उपयुक्त अवसर र उद्योगसँगको सहकार्य भए विद्यार्थीले डिग्री पूरा गर्न वा विदेश जान पर्खिनु नपर्ने सन्देश दिएको छ।
प्रतिक्रिया 4