News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज हरियो धनियाँको थोक मूल्य प्रतिकिलो ३ सय २५ रुपैयाँ कायम भएको छ ।
- हिजो सोमबारको तुलनामा आज हरियो धनियाँको मूल्य प्रतिकिलो १ सय १७ रुपैयाँले वृद्धि भएको हो ।
- असार महिनाको अन्तिम साता ९५ रुपैयाँमा कारोबार भएको हरियो धनियाँको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ ।
१९ साउन, काठमाडौं । बजारमा हरियो धनियाँको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले मंगलबार हरियो धनियाँको मूल्य बढेको देखाएको हो ।
आज हरियो धनियाँको मूल्य थोकमा प्रतिकिलो औसत १ सय १७ रुपैयाँ बढेको छ । हिजो सोमबार हरियो धनियाँ थोकमा प्रतिकिलो औसत २ सय ८ रुपैयाँमा किनबेच भएको थियो ।
आज हरियो धनियाँको औसत मूल्य प्रतिकिलो ३ सय २५ रुपैयाँ कायम छ । असार अन्तिम साता भने हरियो धनियाँ प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4