+
+
Shares

अरु देशमाथि नेपालले पनि निगरानी गर्नुपर्छ : अमरेश सिंह

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १२:१७

१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले गुप्तचर प्रधानमन्त्री मातहत रहने व्यवस्था उचित रहेको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्ने गरी विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘सूचना थाहा पाउनुपर्ने व्यक्ति भनेकै प्रधामन्त्री हो । ढिलै आए पनि यो राम्रो छ’ उनले भने, ‘सुरक्षा चुनौती बदलिँदैछ । अहिले साइबर चुनौती छ । बैंकमा ह्याकिङ आदिको समस्या छ ।’

सूचना संकलनको नजरमा ‘नेपाल कसैको प्ले ग्राउण्ड हुन नहुने उनले बताए । ‘हामीमाथि अरुले निगरानी गर्छ होइन । हामी पनि निगरानी गरौं, सांसद सिंहले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेट्नि सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्ने गरी विधेयक ल्याएको छ ।

यसअघि पछिल्लो पटक नेपाल सरकार कार्य विधाजन नियमावली २०८३ मार्फत गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो ।

कार्य विभाजन नियमावलीमार्फत गरिएको संशोधनलाई कानुनी मान्यता दिन ल्याइएको विधेयकमाथि संसदीय समितिमा दफावार छलफल सुरु हुँदैछ ।

उक्त बैठकमा बोल्दै सांसद सिंहले नेपालमाथि अरुले निगरानी गर्छ नभनेर नेपालले पनि अरुमाथि निगरानी गर्नुपर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?