News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता जारी रहेको दाबी गर्दै यसलाई इरानका लागि सम्झौता गर्ने अन्तिम मौका भएको बताएका छन्।
- ट्रम्पले इरानी नेतृत्वमाथि दोहोरो चरित्र देखाएको आरोप लगाउँदै होर्मुज स्ट्रेट अमेरिकी नौसेनाको पूर्ण नियन्त्रणमा रहेको स्पष्ट पारेका छन्।
- इन्धनको बढ्दो मूल्य र महँगीका कारण आगामी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले प्रतिनिधिसभाको बहुमत गुमाउन सक्ने विश्लेषण गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता अहिले जारी रहेको दाबी गरेका छन्।
उनले यो इरानका लागि ‘राम्रो सम्झौतामा हस्ताक्षर गर्ने अन्तिम मौका’ भएको बताए। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले इरानकै अनुरोधमा वार्ता सुरु भएको दाबी गरे।
ट्रम्पले इरानी नेतृत्वमाथि दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्। उनले सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट सेयर गरे।
इरानी नेतृत्वले वार्ताका लागि बैठकको अनुरोध गर्ने गरेको उनले बताए। तर सार्वजनिक रूपमा भने दुई देशबीच कुनै वार्ता नभएको दाबी गर्ने गरेको उनले उल्लेख गरे।
अमेरिकी राष्ट्रपतिले दाबी गरे, ‘होर्मुज स्ट्रेट पहिले नै अमेरिकी नौसेनाको पूर्ण नियन्त्रणमा छ र उनीहरूको अनुमतिविना इरानसम्म केही पनि पुग्न सक्दैन। कुनै सम्झौता नभएसम्म वा इरानले आत्मसमर्पण नगरेसम्म यो स्थिति कायमै रहनेछ।’
अर्कातिर ट्रम्पले सोमबार अमेरिकी कम्पनीहरूलाई इन्धनको मूल्य तुरुन्त घटाउन अपिल पनि गरे।
विश्लेषकहरूका अनुसार इन्धनको बढ्दो मूल्य र महँगीको चिन्ता नोभेम्बरमा हुने मध्यावधि चुनावअघि रिपब्लिकन पार्टीका लागि चुनौती बन्न सक्छ।
महँगीको दबाब जारी रहे रिपब्लिकन पार्टीले प्रतिनिधिसभामा आफ्नो बहुमत गुमाउन सक्छ। यसले कंग्रेसमा उसको नियन्त्रण पनि कमजोर बनाउन सक्छ।
प्रतिक्रिया 4