News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार सेयर बजार २१.१५ अंकले घटेर २६६३ विन्दुमा कायम भएको छ ।
- बजारमा आज ४ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
- सूचीकृत भएदेखि नै मूल्य बढिरहेको एभरेस्ट कलरको सेयर मूल्य आज पनि १५ प्रतिशतले बढेको छ ।
१९ साउन, काठमाडौं । मंगलबार सेयर बजार २१.१५ अंक घटेको छ ।
अघिल्लो दिन १.२० अंक घटेको बजारले साताको दोस्रो कारोबार दिन पनि गिरावटलाई निरन्तरता दियो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २६६३ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिनभर नै नेप्से परिसूचक रातो रह्यो ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७ करोडको भयो ।
आज ५८ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहगत सूचक घटेका छन् । व्यापार, अन्य र उत्पादन तथा प्रशोधन समूह १ प्रतिशतभन्दा धेरै घटे ।
बैंकिङ ०.८०, विकास बैंक ०.५०, फाइनान्स ०.१४, होटल तथा पर्यटन ०.६१, जलविद्युत् ०.५५, लगानी ०.७२, जीवन बीमा ०.८२, उत्पादन तथा प्रशोधन १.३१, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५४, अन्य १.०४ र व्यापार १.१९ प्रतिशत घटे ।
एभरेस्ट कलरको मूल्य आज पनि १५ प्रतिशत बढ्यो । सूचीकृत भएदेखि नै मूल्य बढिरहेको यस कम्पनी प्रतिकित्ता १ हजार ७३१ रुपैयाँ पुगेको छ । त्यस्तै खानीखोला हाइड्रोपावरको १०.०७, जोशी हाइड्रोपावरको ५.२६, छ्याङ्दी हाइड्रोपावरको ४.४४, महिला लघुवित्तको ४.०२ प्रतिशत मूल्य बढ्यो ।
सप्तकोशी विकास बैंकको ११.६७, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९९, सामुदायिक लघुवित्तको मूल्य ३.४९ प्रतिशत घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा खानीखोला हाइड्रोपावार, सिद्धार्थ बैंक, नेसनल हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र रिडी पावर छन् ।
प्रतिक्रिया 4