+
+
Shares

आइसास ब्यूटी स्कुलको पहिलो सिडेस्को ब्याच दीक्षित

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ बानेश्वरस्थित आईसास ब्यूटी स्कुलले नेपालकै पहिलो सिडेस्को सौन्दर्य थेरापी तथा मिडिया मेकअप ब्याचको दीक्षान्त समारोह सम्पन्न गरेको छ।

१९ साउन, काठमाडौं । नयाँ बानेश्वरस्थित आईसास ब्यूटी स्कुलले नेपालकै पहिलो सिडेस्को सौन्दर्य थेरापी तथा मिडिया मेकअप ब्याचको दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

परीक्षामा सहभागी सबै १६ जना विद्यार्थी उत्तीर्ण भई दीक्षित भएका छन् । उत्तीर्ण हुन न्यूनतम ७० प्रतिशत अंक आवश्यक पर्ने परीक्षामा सबै विद्यार्थीले ७५ प्रतिशतभन्दा बढी अंक प्राप्त गरेको स्कुलका प्रमुख कार्यकारी अधिकृत अजय अधिकारीले जानकारी दिए ।

दीक्षान्त समारोहमा मिडिया मेकअप विधातर्फ नेपाली छात्रा रोजिना बास्तोलाले सैद्धान्तिक र प्रयोगात्मक दुवै परीक्षामा प्रथम स्थान हासिल गरिन । मलेसियाकी अन्तर्राष्ट्रिय सिडेस्को परीक्षक दातिन हाजाह नोरलिसा ली अब्दुल्लाहले सञ्चालन तथा मूल्याङ्कन गरेकी थिइन् ।

नेपाली विद्यार्थीले विश्वकै प्रतिष्ठित सिडेस्को प्रमाणीकरण परीक्षामा उत्कृष्ट प्रदर्शन गर्नुले नेपालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सौन्दर्य शिक्षा प्रदान भइरहेको पुष्टि गरेको आइसासको भनाइ छ ।

सिडेस्को डिप्लोमाले विश्वव्यापी मान्यता पाउने भएकाले यस सफलताले नेपाली सौन्दर्यकर्मीका लागि अन्तर्राष्ट्रिय रोजगारी र व्यावसायिक अवसरसमेत विस्तार गर्ने विश्वास विद्यालयले व्यक्त गरेको छ ।

आइसास ब्यूटी स्कुलले विश्वस्तरीय पाठ्यक्रम, आधुनिक प्रविधि र अनुभवी प्रशिक्षकमार्फत अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य शिक्षा तथा व्यावसायिक तालिम प्रदान गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?