प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङलाई एक लाख रुपैयाँ घुससहित अख्तियारको टोलीले काठमाडौंको बालाजुबाट नियन्त्रणमा लिएको छ ।
- भुक्तानी रकममा कमिसन मागेको सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।
- आयोगले जारी गरेको विज्ञप्ति अनुसार पक्राउ परेका तामाङलाई म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
१९ साउन, काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले तामाङलाई सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
भुक्तानी रकममा कमिसन मागेको सूचनाको आधारमा खटिएको अख्तियारको टोलीले तामाङलाई काठमाडौं महानगरपालिका-१६ बालाजुबाट सोमबार नियन्त्रणमा लिएको हो ।
तामाङलाई म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4