+
+
Shares

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते ११:२८
कानून समितिको बैठक । यसै बैठकमा एनजीओ-आईएनजीओको तथ्यांक प्रस्तुत गरिएको हो ।

२० साउन, काठमाडौं । नेपालमा करिब ६० हजार एनजीओ र २५० आईएनजीओ रहेको पाइएको छ । समाज कल्याण परिषद्का‍ सदस्य सचिव चक्र बुढाले यस्तो जानकारी दिएका हुन् ।

करिब ६० हजार एनजीओ छन् । यसमध्ये १० हजारले काम गरिरहेका छन् । २५० आइएनजीओ छन् । १३६ वटा एक्टिभ छन्’, बुढाले प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा जानकारी गराए ।

एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट्स र ह्युम्यान राइट्स वाचले सर्वोच्च अदालतका तीनजना न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको भनेर संयुक्त विज्ञप्ति निकालेका थिए ।

यसबारे समितिमा समितिकै सदस्य यज्ञमणि न्यौपानेले छलफल माग गर्दै निवेदन दिएका थिए । त्यसउपरको छलफलमा यी संस्थाको स्ट्याटसको विषय उठ्यो । यसबारे बोल्ने क्रममा समाज कल्याण परिषद्‍का सदस्य सचिव बुढाले नेपालमा काम गरेका एनजीओ र आईएनजीओको संख्याबारे पनि जानकारी दिएका हुन् ।

उनका अनुसार एमनेस्टी इन्टरनेशनल नवीकरण अवधि सकिएर नवीकरणको प्रक्रियामा छ । इन्टरनेशनल कमिसन अफ जुरिस्ट्सको नवीकरण अवधि २०२७ सम्म छ । ह्युम्यान राइट्स वाचले २०६४ सालमा स्वीकृति लिएको थियो । त्यसपछि स्वीकृति लिएको छैन र नविकरण पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?