+
+
Shares

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता   

देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता भएका छन् ।

रासस रासस
२०८३ साउन २० गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशका ५२ जिल्लामा भएका ६६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी, पहिरो र सर्पदंश लगायतका विपद्बाट २० जना घाइते भएका छन् ।
  • वैशाख १ देखि साउन १९ गतेसम्म देशभर भएका चार हजार १५९ विपद्का घटनामा परी १९८ जनाको मृत्यु भएको छ ।

२० साउन, काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता भएका छन् । साथै, अन्य २० जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन १८ गते बिहान १० देखि साउन १९ गते बिहान १० बजेसम्म सर्पदंश, आगलागी, बाढी, पहिरो, अतिवृष्टि, चट्याङ तथा वन्यजन्तु आक्रमणलगायत घटना भएका हुन् ।

बाढीमा परी दुई जनाको मृत्यु भएको तथा एक जना बेपत्ता भएका हुन् ।

बाढीमा परी अन्य तीन जना घाइते भएका छन् भने सर्पदंशबाट ११, आगलागीबाट दुई, पहिरोबाट एक तथा वन्यजन्तुको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

घटनाबाट १०२ जनाको उद्धार गरिएको छ भने ३३० जना प्रहरी परिचालन भएका थिए ।

यसैबीच, प्राधिकरणका अनुसार वैशाख १ देखि साउन १९ गतेसम्म देशका विभिन्न भागमा भएका चार हजार १५९ विपद्का घटनामा १९८ जनाको मृत्यु, चार जना बेपत्ता तथा एक हजार २४६ जना घाइते भएका छन् ।

यस अवधिमा पाँच हजार २७० परिवार प्रभावित भएका छन् । सबैभन्दा बढी एक हजार ३४ वटा आगलागी, ७४५ वटा सर्पदंश र ७२० वटा पहिरोका घटना भएका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?