+
+
Shares

‘झिँगेदाउ २’ को मर्मस्पर्शी टिजर : अंशवण्डाको झगडामा पारिवारिक मेलमिलापको खोजी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १६:३९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित कथानक फिल्म ‘झिँगेदाउ २’ को मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको छ ।
  • फिल्मले दुई बुहारीबीच रुखको अंशवण्डालाई लिएर सुरु हुने पारिवारिक द्वन्द्व र रहस्यमय रूपमा आमा हराएपछिको कथा समेटेको छ ।
  • केकी अधिकारी, आँचल शर्मा र आर्यन सिग्देललगायतका कलाकार रहेको फिल्म आउँदो २ असोजमा देशभर प्रदर्शन हुने भएको छ ।

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित कथानक फिल्म ‘झिँगेदाउ २’ को मर्मस्पर्शी टिजर युट्युबमा सार्वजनिक गरिएको छ । निर्माताले फिल्मबारे जानकारी दिन पत्रकार सम्मेलन पनि आयोजना गरेका थिए ।

टिजरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त प्रकाश पार्छ । सुखी परिवारमा जब दुईजना बुहारी रुखको अंशवण्डाको कुरालाई लिएर झगडा गर्न थाल्छन्, कथाले नयाँ मोड लिन्छ ।

उक्त रुखको अंशवण्डा गर्न त्यसको स्वामित्व भएकी आमा चाहिने भएपछि आमाको खोजी हुन थाल्छ । रहस्यमय ढंगले आमा हराएपछि अब कथामा नयाँ मोड आउँछ । के, उक्त परिवारमा खुसी फर्किएला वा सम्पत्तिको अंशवण्डा होला ? टिजरले यी कुरालाई संक्षिप्तरुपमा दर्शाउने प्रयत्न गरेको छ ।

फिल्ममा केकी अधिकारी र आँचल शर्मा दुईजना बुहारीको भूमिकामा छन् । महेश त्रिपाठी र कुशल विष्ट दाजुभाइको रोलमा छन् । हिउँवाला गौतम आमाको भूमिकामा देखिएकी छन् ।

सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी, संगम भण्डारी, विजय देउजा लगायतका सहायक कलाकार पनि देखिएका छन् । टिजरको अन्त्यमा आर्यन सिग्देललाई नेलले बाँधिएको दृश्यमा देख्न सकिन्छ ।

समाज र परिवारका सम्बन्ध, उतारचढाव र अपेक्षाबीचको द्वन्द्वलाई निर्देशक देउजाले चित्रण प्रयत्न गरेका छन् । पत्रकार सम्मेलनमा पनि बोल्दै उनले पहिलो भागजस्तै दोस्रो श्रृंखलाले पनि दर्शकको मन जित्ने विश्वास लिए । फिल्मको पहिलो श्रृंखलाले घरेलु बक्सअफिसमा राम्रो कमाइ गरेको थियो ।

फिल्मलाई विष्णु कल्पित घिमिरेले छायांकन गरेका हुन् । कपनगढी सिनेमा प्रालि र फिल्म क्रू नेपालको प्रस्तुतिमा फिल्म निर्माण भएको हो । ‘झिँगेदाउ २’ २ असोज (सेप्टेम्बर १८) मा देशब्यापी प्रदर्शनमा आउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?