+
+
Shares

आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत रहेका साह कार्यकारी निर्देशक प्रतिस्पर्धामा उत्कृष्ट तीनभित्र पर्न सफल भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नागेन्द्र साहलाई नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ ।
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट छनोट गरेका उत्कृष्ट तीनमध्येबाट साहलाई नियुक्त गरिएको मुख्यसचिव गोविन्दबहादुर कार्कीले जानकारी दिनुभयो ।
  • आयल निगममा लामो अनुभव सँगालेका साहसामु अहिले देशभर देखिएको ग्यासको अभाव र उपभोक्ताको समस्या समाधान गर्ने चुनौतीपूर्ण जिम्मेवारी रहेको छ ।

२१ साउन, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ ।

मुख्यसचिव गोविन्दबहादुर कार्कीले साहलाई निगमको प्रमुख कार्यकारीका रूपमा नियुक्त गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोट गर्न दरखास्त आह्वान गरेको थियो । जसमा निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत रहेका साह उत्कृष्ट तीनभित्र पर्न सफल भएका थिए ।

अन्तिम तीनको प्रतिस्पर्धामा साहका साथै कौशल केसी र सञ्जीवकुमार देव सिफारिस भएका थिए । आयल निगममै काम गरेको लामो अनुभवका आधारमा साहलाई उक्त जिम्मेवारी दिने निर्णय भएको हो ।

अब कार्यकारी निर्देशकका रूपमा साहको काँधमा महत्त्वपूर्ण र चुनौतीपूर्ण जिम्मेवारी आएको छ । अहिले देशभरि ग्यास नपाएर उपभोक्ता लाइनमा उभिन बाध्य छन् । साहले सबैभन्दा पहिले यो समस्या समाधान गरिहाल्नुपर्ने चुनौती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?