+
+
Shares

सांसद यादवको प्रश्न– ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरको निर्माण प्रक्रिया कहाँ पुग्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद प्राध्यापक डा. चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण प्रक्रिया अलपत्र परेको भन्दै सरकारसँग जवाफ माग गर्नुभएको छ।
  • ढल्केबर रणनीतिक रूपमा महत्त्वपूर्ण र उच्च सडक दुर्घटनाको जोखिम भएको क्षेत्र भएकाले यहाँ अत्याधुनिक ट्रमा सेन्टरको स्थापना अपरिहार्य रहेको उहाँले बताउनुभयो।
  • चार जिल्लाका ३२ लाखभन्दा बढी जनसङ्ख्यालाई लक्षित गरी करिब चार वर्षअघि अघि बढाइएको उक्त आयोजना अहिले कहाँ हरायो भन्दै उहाँले स्वास्थ्य मन्त्रीसँग स्पष्टीकरण सोध्नुभयो।

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्राध्यापक डा. चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरको निर्माण प्रक्रिया कहाँ पुग्यो भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।

बिहीबार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले पूर्वसहमति र अध्ययन भइसकेको उक्त आयोजना अलपत्र परेकोमा आपत्ति जनाएका हुन् ।

सांसद यादवले ढल्केबर पूर्व–पश्चिम राजमार्ग र कोशी राजमार्गको संगमस्थल हुनुका साथै मधेस प्रदेशको राजधानी जनकपुरधाम जोड्ने प्रमुख व्यापारिक केन्द्र भएकाले यहाँ सवारी साधनको चाप अत्यधिक रहने बताए ।

भौगोलिक र रणनीतिक हिसाबले यो क्षेत्रमा सडक दुर्घटनाको जोखिम उच्च रहेको उल्लेख गर्दै उनले यहाँ अत्याधुनिक ट्रमा सेन्टरको आवश्यकता रहेकोमा जोड दिए ।

मधेश प्रदेशको करिब २१ प्रतिशत जनसंख्या र विशेषगरी ढल्केबर आसपासका चार जिल्ला (धनुषा, महोत्तरी, सर्लाही र रौतहट) को मात्रै ३२ लाखभन्दा बढी जनसंख्यालाई सेवा पुग्ने गरी यो केन्द्र स्थापना हुनुपर्ने तर्क उनले गरे ।

‘ढल्केबर मधेस प्रदेशकै सबैभन्दा व्यस्त ट्राफिक जंक्सन हो । विगतमा यहाँको आवश्यकतालाई मध्यनजर गर्दै वैज्ञानिक अध्ययन समेत भइसकेको छ,’ उनले भने, ‘करिब ४ वर्षअघि संघीय सरकारले माटो परीक्षण गरी करिव २ करोडको लागतमा भवन निर्माणको प्रक्रिया अघि बढाएको थियो । तर अहिले यो आयोजना कहाँ हरायो ? म स्वास्थ्य मन्त्रीज्यूसँग यसको स्पष्ट जवाफ चाहन्छु ।’

सांसद यादवले यसअघि नै मन्त्रिपरिषद्बाट निर्णय भई जग्गा प्राप्तिको प्रक्रिया समेत अघि बढिसकेको अवस्थामा आयोजना रोकिनु दुर्भाग्यपूर्ण भएको पनि टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?