News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संस्थापन इतर समूहले २९ देखि ३१ साउनसम्म आयोजना गर्ने राष्ट्रिय भेलाका लागि विभिन्न प्रतिवेदन तयार पार्न पाँच नेतालाई जिम्मेवारी तोकेको छ ।
- राजनीतिक प्रतिवेदनका लागि विमलेन्द्र निधि, सांगठनिक प्रतिवेदनका लागि उमाकान्त चौधरी र समसामयिक विषयका लागि एनपी साउदलाई जिम्मेवारी दिइएको छ ।
- मीन विश्वकर्माले प्रतिवेदन लेखनको जिम्मेवारी पाउनु भएका नेताहरूले धमाधम आफ्नो काम गरिरहनु भएको छ भनी जानकारी दिए ।
२१ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरले गर्ने राष्ट्रिय भेलामा प्रस्तुत गरिने प्रतिवेदनहरू लेखनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ ।
२९ देखि ३१ साउनमा हुने भेलामा पेस गरिने राजनीतिक प्रतिवेदन लेख्न नेता विमलेन्द्र निधिलाई संयोजक तोकिएको छ ।
यसैगरी सांगठनिक प्रतिवेदन लेख्ने जिम्मेवारी उमाकान्त चौधरीले पाएका छन् भने समसामयिक विषयमा प्रतिवेदन लेख्ने जिम्मेवारी एनपी साउदले पाएका छन् ।
साथै कांग्रेसको आर्थिक नीति प्रतिवेदन लेख्ने जिम्मेवारी डा. प्रकाशशरण महतले पाएका छन् भने कानुन तथा विधान लेखनको जिम्मेवारी रमेश लेखकले पाएका छन् ।
राष्ट्रिय भेलाका लागि गठित प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार प्रतिवेदन लेखन कार्यदल ७ देखि ११ सदस्यीय गठन गरिएको छ ।
विश्वकर्माले भने, ‘प्रतिवेदन लेखनको जिम्मेवारी पाउनु भएका नेताहरूले धमाधम आफ्नो काम गरिरहनु भएको छ ।’
प्रतिक्रिया 4