+
+
Shares

गृहमन्त्री सुधन गुरुङले मागे माफी

‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ । सिक्दै जानेछौं । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो,’ सांसदहरूलाई सम्बोधन गर्दै उनले भने, ‘यसका लागि म क्षमाप्राथी पनि छु । हजुरहरूलाई माफी पनि माग्न चाहन्छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो भाषा ठाडो हुन पुगेको भन्दै सांसदहरूसँग औपचारिक रूपमा माफी मागेका छन् ।
  • विपद् व्यवस्थापनका विषयमा छलफल भइरहेका बेला निर्मला पन्तको मुद्दा जोडिएपछि गृहमन्त्री गुरुङले सांसदहरूसँग रुखो शैलीमा सवालजवाफ गरेका थिए ।
  • आफ्नो अभिव्यक्तिप्रति आलोचना भएपछि गृहमन्त्रीले रोष्ट्रमबाटै भने, 'यसका लागि म क्षमाप्रार्थी पनि छु, हजुरहरूलाई माफी पनि माग्न चाहन्छु ।'

२१ साउन, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो भाषा ठाडो हुन पुगेको भन्दै माफी मागेका छन् ।

राष्ट्रिय सभा बैठकमा बोल्ने क्रममा उनले आजै केहीबेर अघि सांसदहरूसँग सवालजवाफ गरेका थिए ।

सो क्रममा उनले आफूलाई निर्मला पन्त हत्याकाण्डको विषयमा प्रश्न नगर्न भन्दै रोष्ट्रमबाटै चेतावनी दिएका थिए ।

उक्त विषयमा आलोचना बढेपछि उनले आजै राष्ट्रिय सभाबाट माफी मागेका हुन् ।

‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ । सिक्दै जानेछौं । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो,’ सांसदहरूलाई सम्बोधन गर्दै उनले भने, ‘यसका लागि म क्षमाप्राथी पनि छु । हजुरहरूलाई माफी पनि माग्न चाहन्छु ।’

विपद् व्यवस्थापनको विषयमा छलफल चलिरहँदा निर्मला पन्तको विषयमा कुरा उठेपछि आफ्नो शैली रुखो बन्न पुगेको उनको भनाइ थियो ।

‘विपद् व्यवस्थापन विषयमा हामी छलफल गर्दै थियौं । तर विषयकेन्द्रित नभएर विपद् व्यवस्थापनमा निर्मला पन्त हत्याकाण्ड जोडियो । किन यसरी घुमाइन्छ ?,’ उनले भने, ‘मलाई यो अचम्म लाइराछ । निर्मला पन्त हत्याकाण्ड र मनसुनजन्य विपद् व्यवस्थापनको सम्बन्ध के ? यसमा विषयकेन्द्रित हुनुपर्ला माननीय ज्यू ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?