News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको भेडेटारमा ट्रकमा लुकाइछिपाइ लैजाँदै गरेको ६ सय ४७ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।
- पक्राउ पर्नेमा ट्रक चालक उमेश थिङ र सहचालक तुलराम राई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
- प्रहरीले ट्रकबाट कालो प्लास्टिकमा प्याक गरिएको अवस्थामा ४८ पोका गाँजा बरामद गरी थप अनुसन्धान अगाडि बढाएको छ ।
२१ साउन, धनकुटा । धनकुटामा ट्रकमा लुकाएर लागुऔषध गाँजा ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका-३ का २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको सशीदभूमि गाउँपालिका-१ का ३६ वर्षीय तुलराम राई रहेका छन् ।
कोशी लोकमार्ग अन्तर्गत साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकमा आइतबार बिहान विराटनगरतर्फ जाँदै गरेको ना. ३ ख ५०९५ नम्बरको ट्रकबाट ६ सय ४७ किलोग्राम गाँजा बरामद भएको धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
प्रहरीले यसबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
प्रहरीका अनुसार ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ राखिएको ४८ वटा पोकामा गाँजा बरामद भएको हो । बरामद भएको ४८ वटा पोका गाँजाको तौल गर्दा ६ सय ४७ किलोग्राम रहेको पुष्टि भएको रञ्जितकारले बताए ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
प्रतिक्रिया 4