+
+
Shares

रोजगारी सिर्जनाबारे पूर्वाधारमन्त्री र श्रममन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग छलफल गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १८:५२

२१ साउन, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग छलफल गरेका छन् ।

बिहीबारको यो छलफलमा रोजगारी सिर्जना र दिगो रोजगार प्रणाली निर्माणका सम्बन्धमा छलफल भएको श्रममन्त्री यादवको सचिवालयले जनाएको छ ।

छलफलबाट निर्माण क्षेत्रको वास्तविक मागमा आधारित जनशक्तिलाई सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने, तालिमप्राप्त जनशक्तिलाई रोजगारीका अवसरसँग आबद्ध गर्ने, रोजगारी सिर्जनाका लागि दुवै मन्त्रालय र निर्माण व्यवसायी महासंघबीच निरन्तर संवाद, समन्वय र सहकार्य गर्ने निर्णय भएको मन्त्री यादवको सचिवालयले जानकारी दिएको छ ।

छलफलमा दुवै मन्त्रालयका सचिव, निर्माण व्यवसायी महासंघ पदाधिकारी लगायत सरोकारवालाको सहभागिता रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?