+
+
Shares

अनुदान आयोगकी सदस्यसचिव श्रेष्ठले लिइन् शपथ

अनुदान आयोगका अध्यक्ष प्रा.डा. खड्ग केसीले शिक्षा मन्त्री सस्मित पोखरेलबाट शपथ लिएपछि सचिव श्रेष्ठलाई केसीले शपथ खुवाएका हुन् ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा. खड्गबहादुर केसी र सदस्यसचिव प्रा.डा. रोजी श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
  • शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष केसीलाई मन्त्री सस्मित पोखरेलले र सदस्यसचिव श्रेष्ठलाई अध्यक्ष केसीले शपथ खुवाएका हुन् ।
  • मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर सुधार र संस्थागत पुनर्संरचनालाई प्राथमिकतामा राखेर काम गर्न पदाधिकारीहरूलाई आग्रह गरेका छन् ।

२१ साउन, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगकी सदस्यसचिव प्रा. डा. रोजी श्रेष्ठले शपथ लिएकी छिन् । अनुदान आयोगका अध्यक्ष प्रा.डा. खड्ग केसीले शिक्षा मन्त्री सस्मित पोखरेलबाट शपथ लिएपछि सचिव श्रेष्ठलाई केसीले शपथ खुवाएका हुन् ।

बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराइएको हो ।  शपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनर्संरचना  प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सचिव श्रेष्ठले पनि आफ्नो कार्यकालमा विश्वविद्यालय अनुदान आयोगलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षाको सुधारका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताइन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?