+
+
Shares

कुबेतस्थित इरानी विद्यालय बन्द गर्न आदेश

मन्त्रालय स्रोतले देशको एक मात्र इरानी विद्यालय बन्द गर्नुको कारण स्पष्ट पारेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुवेत सरकारले देशमा सञ्चालित एक मात्र निजी इरानी विद्यालयको शैक्षिक इजाजतपत्र खारेज गर्दै बन्द गर्ने निर्णय गरेको छ।
  • शिक्षा मन्त्रालयले आगामी शैक्षिक वर्षका लागि नयाँ भर्ना रोक्दै अभिभावकहरूलाई आफ्ना बालबालिकालाई अन्य विद्यालयमा स्थानान्तरण गर्न आग्रह गरेको छ।
  • मध्यपूर्वमा जारी द्वन्द्व र इरानी आक्रमणका कारण यसअघि युएईले पनि इरानसँग सम्बन्धित विद्यालय तथा अस्पतालहरू बन्द गर्ने कदम चालेको थियो।

२१ साउन, कुवेत सिटी (रासस/एएफपी) । कुवेतका अधिकारीहरूले स्थानीय इरानी विद्यालय बन्द गर्न आदेश दिएका छन् । शिक्षा मन्त्रालयको एक स्रोतले बिहीबार एएफपीलाई यसबारे जानकारी दिएको हो । यो आदेश मध्यपूर्व युद्धका क्रममा इरानले कुबेतमा बारम्बार आक्रमण गरेपछि आएको हो ।

मन्त्रालय स्रोतले देशको एक मात्र इरानी विद्यालय बन्द गर्नुको कारण स्पष्ट पारेको छैन । यद्यपि युएईमा युद्ध सुरु हुँदा अधिकारीहरूले इरानी सरकारसँग सम्बन्धित ठानेका विद्यालय र अस्पतालविरुद्ध यस्तै कदम चालिएको थियो ।

खाडी मुलुकहरूले द्वन्द्वका क्रममा तेहरानको आक्रमणको मुख्य भार बेहोरेका छन् । अमेरिका र इरानबीचको युद्धविराम भङ्ग भएपछि पछिल्ला हप्ताहरूमा कुवेत र बहराइन विशेष रूपमा प्रभावित भएका छन् ।

कुवेतमा विद्युत र ‘डिसेलिनेसन’ प्लान्टहरूमा बारम्बार आक्रमण भएपछि अधिकारीहरूले गत महिना बासिन्दाहरूलाई बिजुलीको बचत गर्न आग्रह गरेका थिए।

“शिक्षामन्त्रीले निजी इरानी विद्यालयको शैक्षिक इजाजतपत्र रद्द गरी बन्द गर्ने निर्णय जारी गर्नुभएको छ,” एएफपीले पूाप्त गरेको विद्यालय बन्द गर्न दिइएको निर्णयको लेखिएको छ ।

“आगामी शैक्षिक वर्षका लागि नयाँ भर्ना स्थगित गरिएको छ र मन्त्रालयले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई अन्य विद्यालयमा स्थानान्तरण गर्न आग्रह गरेको छ,” निर्णयमा भनिएको छ ।

कुबेती कर्मचारी तथा इरानी समुदायका सदस्यहरूका अनुसार मार्चमा युएईले दुबईमा रहेको इरानसँग सम्बन्धित एक अस्पताल बन्द गर्न आदेश दिएको थियो र कम्तीमा चार इरानी विद्यालय पनि बन्द गरिएका थिए ।

“इरानी शासन र आइआरजीसीसँग प्रत्यक्ष रूपमा सम्बन्धित केही संस्थाहरू लक्षित कदमअन्तर्गत केही संस्था बन्द गरिने छन्,” युएईका एक अधिकारीले त्यति बेला एएफपीलाई बताउनुभएको थियो । तिनीहरूले युएईका कानुन उल्लङ्घन गरेको पाइएको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?