+
+
Shares

मोटरसाइकल चोर्ने ६ युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १०:२७

२२ साउन, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट बुलेट र डुक मोटरसाइकल चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको हो । बा. प्र. २–०४२ प ४९६८ नम्बरको डुक मोटरसाइकलसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बाराको निजगढ नगरपालिका–१२ का २१ वर्षीय अभिषेक लामा थिङ, बर्दिया श्रीपुर नगरपालिका–७ का २१ वर्षीय अभियास थारु, काभ्रेको पाँचखाल नगरपालिका–९ का १७ वर्षीय रिशब शाक्य र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ का १८ वर्षीय आशिष राउत छन् ।

त्यसैगरी बा. प्र. २–०३३ प ३८४४ नम्बरको बुलेट मोटरसाइकलसहति दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुमको म्याङलुङ्ग गाउँपालिका–७ का १९ वर्षीय सोनाम छिरी शेर्पा र सोलुखुम्बुको सल्लेरी गाउँपालिका–५ का १९ वर्षीय राजिब तामाङ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?