News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवास मर्मतका लागि सरकारले विनियोजन गरेको दुई करोड रुपैयाँ लिन अस्वीकार गरेका छन् ।
- उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै उक्त रकम नैतिक कारणले स्वीकार गर्न असमर्थ रहेको जानकारी गराएका छन् ।
- बीपी कोइरालाको जन्मघर संरक्षणका लागि बजेट विनियोजन गरेकोमा आभार व्यक्त गर्दै उनले यस्तो निर्णय लिएका हुन् ।
२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवास मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको रकम लिन अस्वीकार गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा कोइराला निवासको मर्मत तथा संरक्षणका लागि विनियोजन गरेको दुई करोड रुपैयाँ लिन अस्वीकार गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सम्बोधन गर्दै २० साउनमा पत्र पठाएर शेखरले कोइराला निवासको मर्मत तथा सम्भारका लागि छुट्याइएको रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ रहेको उल्लेख गरेका छन् ।
पत्रमार्फत उनले पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अगुवा बीपी कोइरालाको जन्मघर संरक्षणका लागि बजेट विनियोजन गरेकोप्रति आभार व्यक्त गरेका छन् ।
विराटनगर महानगरपालिका–७ स्थित कृष्णप्रसाद कोइरालाले करिब एक शताब्दीअघि निर्माण गरेको कोइराला निवासा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको थियो ।
प्रतिक्रिया 4