+
+
Shares

महँगियो गोलभेँडा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते ११:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार आज बजारमा सबै प्रकारका गोलभेँडाको मूल्यमा उच्च वृद्धि भएको छ।
  • नेपाली ठूलो गोलभेँडाको थोक मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर ६५ रुपैयाँ पुगेको छ भने भारतीय ठूलो गोलभेँडाको मूल्य ७५ रुपैयाँ कायम भएको छ।
  • टनेलमा उत्पादित सानो गोलभेँडाको मूल्यमा पनि १३ दशमलव ६३ प्रतिशतले वृद्धि भई प्रतिकिलो ३४ रुपैयाँ ८५ पैसा पुगेको छ।

२२ साउन, काठमाडौं । बजारमा एकैदिन गोलभेँडाको मूल्यमा उच्च वृद्धि भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा आज सबै प्रकारका गोलभेँडाको मूल्य उकालो लागेको हो ।

आज सबैभन्दा धेरै मूल्यवृद्धि नेपाली ठूलो गोलभेँडामा देखिएको छ । हिजो बुधबार थोकमा प्रतिकिलो औसत ५५ रुपैयाँ मूल्य रहेको यस गोलभेँडाको भाउ किलोमै १० रुपैयाँले बढेर ६५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १८.१८ प्रतिशतको वृद्धि हो ।

त्यसैगरी, भारतीय ठूलो गोलभेँडा पनि महँगिएको छ । बिहीबार ६५ रुपैयाँ प्रतिकिलो रहेको भारतीय गोलभेँडाको मूल्य १५.३८ प्रतिशतले बढेर आज ७५ रुपैयाँ कायम भएको छ ।

यस्तै सानो गोलभेँडाको मूल्य बढेको छ । तथ्यांक अनुसार सानो गोलभेँडा (टनेल) को मूल्य अघिल्लो दिनको ३० रुपैयाँ ६७ पैसाबाट बढेर ३४ रुपैयाँ ८५ पैसा पुगेको छ । यसमा १३.६३ प्रतिशतको वृद्धि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?