News Summary
Generated by OK AI. Editorially reviewed.- इलामका धर्म गौतमले पञ्चायती व्यवस्थाविरुद्ध बीपी कोइरालाले आह्वान गरेको सशस्त्र संघर्षको कथा समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ पुस्तक सार्वजनिक गरेका छन्।
- किताब पब्लिसर्सकी सिइओ कल्पना ढकालका अनुसार पुस्तकमा गौतमले आफ्ना व्यक्तिगत र राजनीतिक संस्मरणहरूलाई मुख्य रूपमा समावेश गरेका छन्।
- २०२९ सालमा भारत निर्वासनमा गएका गौतम सशस्त्र संघर्षका क्रममा हातहतियारसहित पक्राउ परेका थिए भने स्वदेश फर्कने क्रममा पनि चार वर्ष बन्दी जीवन बिताएका थिए।
२२ साउन, काठमाडौं । पञ्चायती व्यवस्थाविरूद्ध बीपी कोइरालाले आह्वान गरेको सशस्त्र संघर्षको कथा समेटेर इलामका धर्म गौतमले ‘बीपी र विद्रोहका ती दिन’ पुस्तक ल्याएका छन् ।
बीपीले मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्कनुअघि, सुरूमा आफ्ना तीनजना विश्वासपात्रलाई नेपाल पठाएका थिए । तीमध्ये एक हुन्— इलामका धर्म गौतम ।
उनले आफ्ना व्यक्तिगत र राजनीतिक संस्मरणहरूलाई पुस्तकमा समेटेको प्रकाशक किताब पब्लिसर्सकी सिइओ कल्पना ढकालले जानकारी दिइन् ।
गौतम २०२९ सालमा भारत निर्वासनमा गएदेखि नै बीपी कोइरालाको सान्निध्य पाएका थिए । बीपीले पञ्चायती व्यवस्थाको अन्त्यका लागि आह्वान गरेको सशस्त्र संघर्षमा सामेल भएका थिए । त्यसै क्रममा भारतको पूर्णियामा हातहतियारसहित पक्राउ परेका थिए । र, बीपीकै निर्देशनमा २०३३ कात्तिक मास्वदेश फर्कने क्रममा पक्राउ परेर करिब चार वर्ष बन्दी जीवन बिताएका थिए ।
गौतमले इलामबाट सुरु भएको राजनीतिक यात्रा कसरी भारतको नक्सलबारी, बनारस, बिहार हुँदै काठमाडौंसम्म तन्केको थियो भन्नेबारेमा त्यसबेलाका घटनाक्रम उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4