+
+
Shares

भारत र चीनले लिपुलेकबाट व्यापार सुरु गरेको विषयमा हर्कले खोजे सरकारको जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १६:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भारत र चीनले लिपुलेकबाट व्यापार सुरु गरेको विषयमा नेपाल सरकारको आधिकारिक धारणा माग गरेका छन् ।
  • प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लिपुलेकमा नाका खोलिएको विषयमा सरकार मौन रहेको भन्दै स्पष्ट जवाफ दिन आग्रह गरे ।
  • उनले \'लिपुलेकमा नाका खोलियो र भारत-चीनबीच व्यापार सञ्चालन भइरहेको छ भन्ने कुरा जानकारीमा आएको छ\' भन्दै सरकारले यसबारे प्रष्ट पार्नुपर्ने बताए ।

२२ साउन, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले भारत र चीनले लिपुलेकबाट व्यापार सुरु गरेको विषयमा नेपाल सरकारको जवाफ खोजेका छन् ।

‘लिपुलेकमा नाका खोलियो । भारत र चीनबीच लिपुलेकबाट व्यापार सञ्चालन भइराखेको छ भन्ने कुरा जानकारीमा आएको छ,’ उनले भने, ‘नेपाल सरकारले यो विषयमा बोलेको छैन ।’

यो विषयमा नेपाल सकारको धारणा के हो भनेर उनले खोजी गरेका हुन् ।

‘सरकारले बोल्नुपर्छ । हामी चाहन्छौं सरकार बोलोस् । के हो त नेपाल सरकारको आधिकारिक धारणा ? यसबारेमा हामी सबैलाई जानकारी होस्,’ उनले भने ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?