+
+
Shares

मिडिया हाउसका गेटमा शंकास्पद गाडी पार्किङ गर्नेमाथि अनुसन्धान भइरहेको प्रहरीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिडिया हाउसको गेट अगाडि शंकास्पद गाडी पार्किङ गरिएको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएका छन् ।
  • काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त घटनाबारे छानबिन गरिरहेको र नतिजा आएपछि सार्वजनिक गरिने उनले उल्लेख गरे ।
  • साउन ३० गते अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको गेट अगाडि राखिएका ती गाडीहरू पछि क्रेनको सहायतामा हटाइएका थिए ।

२२ साउन, काठमाडौं । मिडिया हाउसको गेट अगाडि गार्डी पार्किङ गरेको विषय अनुसन्धानकै क्रममा रहेको प्रहरीले दाबी गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले यो विषय अनुसन्धानकै क्रममा रहेको दाबी गरे ।

मिडिया हाउसको गेट अगाडि गाडी पार्किङ गर्नेहरूलाई प्रहरीले किन कारबाहीको दायरामा ल्याएन भनेर सोधिएको प्रश्नमा प्रहरीले उक्त जवाफ दिएको हो ।

‘आवश्यक अनुसन्धान र छानबिन भइरहेको छ ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी खटाएर काम भइरहेको छ । नजिता आएपछि सार्वजनिक गरिनेछ,’ प्रवक्ता काफ्लेले दाबी गरे ।

३० साउनमा अनलाइनखबर, हिमालय टेलिभिजन, कान्तिपुर मिडिया हाउसको गेट अगाडि शंकास्पद रुपमा गाडी पार्किङ गरिएको थियो । गेटको बाटो नै छेकेर पार्किङ गरिएका ती शंकास्पद गाडी क्रेनको सहायतामा हटाइएको थियो ।

यो विषयमा भने प्रशासनले अहिलेसम्म अनुसन्धान नै नगरेको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?